Panel Discussion – Perspectives on struggle for peace and development in Nepal

SNHSP-UK organised a talk programme on ‘Perspectives on struggle for peace and development in Nepal’ on Saturday, 22nd October 2016 at South London Academy, Woolwich SE18 6JE. 

The following were the distinguished speakers of the programme:

· Prof. Surya Subedi (Professor of International Law, University of Leeds) 

· Dr. Chandra Laksamba (Senior Research Officer, Centre for Nepal Studies-UK)

· Prof. Padam Simkhada (Professor of International Public Health, LJMU)

· Dr. Punam Yadav (Assistant Professorial Research Fellow, LSE)

· Er. Tula Narayan Sah (Director of Nepal-Madhesh Foundation)

 Media Coverage

Setopati – http://global.setopati.com/england/2175/

Kantipur – http://kantipur.ekantipur.com/news/2016-10-23/20161023192641.html

The programme was well attended by members of the public and extract can be found below.

यही २२ अक्टोबर २०१६ शनिबार का दिन लण्डनको उलविचस्थित साउथ लण्डन एकेडेमीमा सोसाइटी अफ हाइली स्कील्ड नेप्लीज प्रोफेसनल्स युकेले नेपालमा शान्ति तथा विकासका चुनौती अवसरहरु विषयक छलफल कार्यक्रम आयोजना यो।

कार्यक्रममा ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी, सेन्टर फर नेपाल स्टडीज युकेसंग आबद्ध अनुसन्धानकर्ता डा. चन्द्र लक्सम्बा, मधेसी मामिलाका विश्लेषक तुलानारायण साह तथा लण्डन स्कुल अफ इकोनोमिक्समा लैङिगक विषयमा अनुसन्धान गरिरहेकी डा. पुनम यादवले प्रस्तुति गर्नुभएको थियो भने अक्सफोर्ड विश्वविद्यालयसंग संबद्ध अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीले टिप्पणि गर्नुभएको थियो।

कार्यक्रमको शुरुमा सोसाइटी अफ हाइली स्कील्ड नेप्लीज प्रोफेसनल्स युके शाखाका अध्यक्ष डा. तेजेन्द्र फेरालीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा खासगरी तीनवटा विषयहरुमा वक्ता तथा सहभागीहरुले आआफ्ना मन्तव्य राखेका थिए। छलफलको मुख्य सार निम्नानुसार रहेकेा थियो।

. नेपालको विकास तथा स्थायित्वकालागि मु्ख्य अवरोधहरु के के छन्?

  • संकीर्ण संकुचित सोचाइ जुन प्रणालीगत समस्याको रुपमा देखिएको
  • राजनीतिक अस्थिरता, जवाफदेहिताको कमी, सुशासनको अभाव
  • अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थ बाझिनु
  • नेपाल भित्रै तराई पहाड भन्ने विभाजित मानसकिता
  • बहिष्करण, केन्द्रिकृत भ्रष्ट राज्यसंयन्त्रमा खास समुदाय विशेषको हालीमुहाली कायमै रहनु
  • स्वदेश वा विदेशमा रहेका नेपाली बुद्धिजीवी वर्गको ज्ञान अनुभवलाई प्रयोग गर्न नसक्नु।

 

. अब अगाडिको बाटो के हुनुपर्छ?

  • संरचनात्मक कार्यगत समस्याहरुलाई संबोधन गर्नुपर्ने
  • मधेसी, महिला, दलित, जनजाति लगायत बहिष्करणमा परेका समुदायलाई नीति निर्माण प्रकृयामा समावेश गर्नुपर्ने
  • राष्ट्र संघ सुरक्षापरिषदको प्रस्ताव नं. १३२५ मा उल्लेख भएअनुसार द्वन्द्वपछि दीगो शान्ति स्थापनाकालागि सबै क्षेत्रमा महिलाहरुको समान पूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने
  • अनौपचारिक सिकाइबाट प्राप्त ज्ञानलाई प्रबर्द्धन गर्ने
  • दलीय संलग्नता नराखेरै पनि राष्ट्रिय विकासमा योगदान दिन सकिन्छ भन्ने सन्देश दिने
  • राष्ट्रियता राष्ट्रिय एकताको प्रबर्द्धन गर्न राष्ट्रिय सवालहरुमा वृहत् राष्ट्रिय सहमतिको खाँचो, राष्ट्रिय पुनर्जागरण आन्दोलनको आवश्यकता।

 

. दक्ष गैरआवासीय नेपालीहरुले नेपालको विकासमा कसरी योगदानपुयाउन सक्छन्?

  • सूचनाप्रविधिका नवीनतम माध्यमहरुको प्रयोग गरी विषयगत रुपमा बहस, छलफल चलाउने। ज्ञान सीपको हस्तान्तरण गर्ने
  • ज्ञानमा आधारित अर्थतन्त्रलाई बढावा दिने
  • पैसाको मुठो मात्रै हैन, ज्ञानको मुठो लिएर जानेलाई पनि नेपालमा ढोका खुला गरिनुपर्ने
  • विश्वव्यापी मन्चहरु बनाएर वा अहिले विद्यमान संस्थाहरुमार्फत नै आआफ्नो विशेषज्ञताको क्षेत्रबाट नेपालको विकास रुपान्तरणमा योगदान गर्ने
  • प्रवासी नेपालीहरुका मुद्दाहरुलाई संबोधन गर्न एनआरएन मन्त्रालय गठन गर्न नेपाल सरकारलाई सुझाव दिने।